ad ad

राजनीति


शिक्षा आयोगको प्रतिवेदन आयोगकै सदस्यले सार्वजनिक गर्न मिल्दैन : तुलाधर

शिक्षा आयोगको प्रतिवेदन आयोगकै सदस्यले सार्वजनिक गर्न मिल्दैन : तुलाधर

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार १३:१७,

पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आयोगकै सदस्यहरुले आफूखुशी सार्वजनिक गर्न नमिल्ने टिप्पणी गरेका छन्।

आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेपछि आयोगको प्रयोजन नै समाप्त भएको अवस्थामा आयोगमा रहेका केही सदस्यहरुले प्रतिवेदन सार्वजनिक गर्न स्वतन्त्र नभएको बताएका हुन्।

आयोगका अधिकांश सदस्यहरुले आज (शुक्रबार) प्रतिवेदन सार्वजनिक गरेपछि आयोगका सदस्य समेत रहेका तुलाधरले यस्तो टिप्पणी गरेका हुन्।

पूर्वमन्त्री तुलाधरले सरकारले आफ्नो प्रयोजनको निम्ति आयोग बनाएको र आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि आयोगको प्रयोजन नै समाप्त भइसकेको बताए। आयोगले दिएको प्रतिवेदन सरकारले जस्ताको तस्तै लागू नगर्न पनि सक्ने उनको भनाई छ।

आर्थिक व्ययभार बढाउने, जनशक्तिका प्रश्नहरु र अन्य किसिमका समस्यालाई हेरेर सरकारले सार्वजनिक गर्ने विषय भएको बताए। सरकारले ४ सय ९८ पृष्ठ लामो प्रतिवेदन बाहिर सार्वजनिक नगरेपनि गत वर्ष ८४ पेज लामो सारांश सार्वजनिक गरिसकेको र त्यसलाई राष्ट्रिय शिक्षा नीतिको मूल दस्तावेजको भावनामा समेटेर सार्वजनिक भएको मान्नुपर्ने बताए।

त्यो कुरामा पनि सरकार इमान्दार नभएको भए विरोध गर्न पाइने तर आफुखुशी सदस्यहरुले प्रतिवेदन सार्वजनिक गर्ने कुरा उपयुक्त नभएको बताए। सरकारले प्रतिवेदन सार्वजनिक नगरेर गल्ति गरेको छ भन्दैमा सदस्यहरुले आफै सार्वजनिक गरेर अर्को गल्ति नगरेको भए राम्रो हुने तुलाधरको भनाई छ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आज आयोगका अधिकांश सदस्यहरुले सार्वजनिक गरेका छन्। २०७५ असार २४ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन गरेको आयोगले २०७५ पुष २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .