ad ad

कारोबार


बजार घटे पनि ८ अर्बको कारोबार, पुनर्बीमाको मात्रै १ अर्ब ११ करोडको सेयर किनबेच

बजार घटे पनि ८ अर्बको कारोबार, पुनर्बीमाको मात्रै १ अर्ब ११ करोडको सेयर किनबेच

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ९:५५,

साताको अन्तिम कारोबार दिन सेयरबजार परिसूचक नेप्से १५.५७ अंकले घटेको छ।

केही दिनयता लगातारजसो सूचक र कारोबार दुवै बढेको भए पनि बिहीबार भने दोहोरो अंकले घटेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सूचक घटे पनि कारोबार रकम भने ८ अर्ब रुपैयाँको भएको छ। दुई सय कम्पनीको १ करोड ५८ लाख कित्ता बिक्री भएको छ। दिनभरिमा आज ६४ हजार ४ सय २६ पटक सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

कुल १२ मध्ये जलविद्युत् र माइक्रोफाइनान्सको मात्रै कारोबार सूचक बढेको छ। बाँकी १० समूहहरुमध्ये व्यापार र दुवै बीमाको सूचक उच्च अंकले ओरालो लागेका छन्।

आज पनि सर्वाधिक कारोबारमा नेपाल पुनर्बीमा कम्पनी नै अगाडि छ। उक्त कम्पनीको मात्रै १ अर्ब ११ करोडको सेयर खरिदबिक्री भएको छ। सम्भवतः कम्पनीको यो अहिलेसम्मकै उच्च कारोबार हो।

त्यस्तै दोस्रो सर्वाधिक कारोबारकर्ता नेपाल टेलिकमको पनि ४२ करोडको कारोबार भएको छ। तेस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३० करोडको, चौथो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ करोडको र पाँचौँ स्थानमा परेको शिवम् सिमेन्टको २३ करोडको कारोबार भएको छ।

कमाइमा भने आज एभरेष्ट इन्स्योरेन्स कम्पनी प्रोमोटर सेयरको र माथिल्लो तामाकोशीको १० प्रतिशत हाराहारीमा बढेर सर्किट लागेको छ। दुवै कम्पनीका लगानीकर्ताले क्रमशः २७ र ३९ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। नेपाल सेवा लघुवित्त, डिप्रोस्क लघुवित्त, छिमेक लघुवित्त लगायतका लगानीकर्ताले पनि आज आम्दानी गरेका छन्।

आज विशालबजार, साल्ट ट्रेडिङलगायत कम्पनीहरुको सेयर मूल्य भने घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .