ad ad

कारोबार


दुर्घटनापछि विवादमा परेको बोइङको ७३७ म्याक्स विमानको उडान २० महिनापछि सुरु

दुर्घटनापछि विवादमा परेको बोइङको ७३७ म्याक्स विमानको उडान २० महिनापछि सुरु

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार ९:५१,

अमेरिकी संघीय उड्डयन प्रशासन ‘एफएए’ले गत महिना बोइङको चौँथो पुस्ताको विमान बोइङ ७३७ म्याक्सलाई व्यवसायिक उडानका लागि मार्ग प्रशस्त गरेको थियो।

यस अमेरिकी विमानले आफ्नो उडानलाई सुरक्षित रहेको प्रमाणित गर्न अमेरिकी राज्य टेक्सासको ड्यालसबाट सञ्चारकर्मीहरूसहितको टोलीलाई ४५ मिनेटको उडानपछि ओक्लोहामाको तुल्सामा अवतरण गराएको छ।

इन्डोनेसियामा १८९ र इथियोपियामा १५७ गरी ३४६ यात्रुसहित दुर्घटनाग्रस्त भएको म्याक्सले सन् २०१९ को मार्चदेखि आफ्ना विश्वभर रहेका विमानको सेवालाई रोकेको थियो।

एक वर्षभित्रै दुई वटा बिमान दुर्घटना भएपछि विश्वका विभिन्न देशले यो जहाजको उडानमा प्रतिबन्ध लगाएका थिए। यो मोडेलको विमान असुरक्षित भएको भन्दै विश्वभरका एयरलाइन्सले बोइङ ७३७ म्याक्स खरिद गर्न अस्वीकार गरेका थिए।

म्याक्स ७३७ दुर्घटनाका श्रृंखला

१. इन्डोनेसियाको लाएन एयरलाइन्स दुर्घटनाः सन् २०१८ को अक्टोबर २९ मा भएको दुर्घटनामा १ सय ८९ जनाको मृत्यु भएको थियो।

२. इथियोपियाको इथियोपियन एयरलाइन्स दुर्घटनाः सन् २०१९ मार्च १० मा भएको दुर्घटनामा विमानमा सवार सबै १ सय ५७ जनाको मृत्यु भएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .