नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा थप २८ जनाको संक्रमणका कारण मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ।
पछिल्ले २४ घण्टामा नेपालमा थप १ हजार ९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ।
48
Shares
प्रतिक्रिया