ढाका टोपी नेपाली समाजको पहिचान हो। जसलाई हाम्रो आस्थाको प्रतीक पनि मानिन्छ। त्यसैले विभिन्न चाडपर्व, कार्यक्रममा ढाका टोपी लगाउने गरिन्छ।
तिहारमा भाइटीकाको दिन दाजुभाइले ढाका टोपी लगाउने प्रचलन छ। दिदिबहिनीले पनि ढाकाटोपी उपाहर दिने गर्छन्। त्यसैले अन्य समयमा भन्दा तिहारमा ढाका टोपीको व्यापार बढी हुने गर्छ। यसपटकको तिहारमा कोभिडको असर भए पनि ढाका टोपीको व्यापार बढेको व्यापारीहरु बताउँछन्।
ढाकाटोपी नेपालीको आफ्नै चिनारी र गौरव पनि हो। ढाकाटोपी केवल शिर ढाक्ने बस्त्रको रुपमा मात्र नभएर नेपाली समाजको आफ्नै पहिचान पनि हो। यो हाम्रो आस्थाको प्रतीक पनि हो। त्यसैले विभिन्न चाडपर्व, विवाह व्रतवन्धन, सभा सम्मेलनमा ढाकाको टोपी लगाउने प्रचलन छ। तिहारमा पनि ढाका टोपीको प्रयोग गरिन्छ।
गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरंगी टीका र शिरमा ढाका टोपीले हरेक दाजुभाई तिहारको दिन सजिने गर्दछन्। तिहारमा ढाका टोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारको रुपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन पनि छ। त्यसैले तिहार नजिकिदै जाँदा ढाकाका टोपीको व्यापार पनि बढ्दै जाने गरेको व्यपारीहरु बताउँछन्। यसपटक सबै क्षेत्रमा कोभिडको असर परे पनि ढाका टोपीको व्यापारमा कुनै असर नपरेको व्यापारीहरुको भनाइ छ।
ढाका टोपीको नेपाली समाजमा खास महत्व र अर्थ छ। ढाका टोपीप्रति हाम्रो भावनात्मक सम्बन्ध भएकै कारण राष्ट्रिय पोशाकको रुपमा समेत स्थापित छ। पछिल्लो समय नयाँ पुस्ताले पनि ढाका टोपीको प्रयोग गर्ने प्रचलन बढेकाले व्यापारमा वृद्धि हुदै गएको छ। चाडपर्व मात्र नभई विभिन्न सभा सम्मेलनमा सहभागी हुँदा समेत ढाका टोपीको प्रयोग गर्ने प्रचलनले व्यापार बढेको शिलवालको भनाइ छ।
नयाँ पुस्ताले ढाका टोपी लगाउने प्रचलन बढे पनि तिहारमा ढाका टोपीभन्दा अन्य किसिमको लुगाफाटो उपहार दिने प्रचलन पनि झाँगिदै गएको छ। यसले भाइटीकामा ढाका टोपीको प्रयोग गर्ने र भाइटीकाको दिन माइतीको टाउको खाली राख्नु हुँदैन भन्ने मान्यतालाई पनि चुनौती दिएको छ।

प्रतिक्रिया