कारोबार


कतार रोजगार सिन्डिकेटबारे छानबिन गर्न समिति गठन

कतार रोजगार सिन्डिकेटबारे छानबिन गर्न समिति गठन

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ९:२७,

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार श्रमिक पठाउन सिन्डिकेट खडा गरिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो।

श्रममन्त्री रामेश्वर राय यादवले महानिर्देशक दाहालको संयोजकत्वमा पराराष्ट्र मन्त्रालयका उपसचिव, श्रम मन्त्रालयका दुई उपसचिव र वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधि रहने गरी समिति गठन गरेका हुन्।

समितिले ५ दिन भित्रमा सत्यतथ्य बाहिर ल्याउने छ। कतारमा नेपाली श्रमिक पठाउनका लागि १७ वटा मात्रै म्यानपावर कम्पनीले अनुमति पाउने गरी सिन्डिकेट लगाउने तयारी भएको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले छानबिन गर्न र त्यसलाई रोक्न माग गरेका थियो।

यस विषयमा समितिको पहिलो बैठक बिहीबार बस्ने भएको छ। वैदेशिक रोजगार व्यवसायी संघको निवेदन अनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले यस बारेमा छानबिन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad