समाज


विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री पदमा रहेका बहराइनका प्रधानमन्त्री खलिफाको निधन

विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री पदमा रहेका बहराइनका प्रधानमन्त्री खलिफाको निधन

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ९:१४,

बहराइनमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेर काम गरेका खलिफाको अमेरिकामा उपचारको क्रममा निधन भएको बहराइनको समाचार संस्था बहराइन न्युज एजेन्सीले बुधबार जनाएको छ।

उनी विश्वमै सबैभन्दा बढी सयम प्रधानमन्त्री पद सम्हाल्ने व्यक्ति भएको अल्जजिराले जनाएको छ। खलिफा सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका थिए। हालसम्म पनि उनी प्रधानमन्त्री थिए।

मायो क्लिनिक हस्पिटलमा खलिफाको मृत्यु भएको बताइएको छ। उनको मृत्युको कारणबारे हालसम्म बहराइनको राजदरबारले कुनै विषय सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad