कारोबार


सुबिसु बन्यो राउटिङ सुरक्षा मापदण्डमा हस्ताक्षर गर्ने पहिलो आईएसपी

सुबिसु बन्यो राउटिङ सुरक्षा मापदण्डमा हस्ताक्षर गर्ने पहिलो आईएसपी

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १५:२८,

निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु मार्न्स अर्थात् राउटिङ सुरक्षाका लागि स्वीकृत मापदण्डमा हस्ताक्षर गर्ने नेपालको पहिलो आईएसपी बनेको छ।

मार्न्स (एमएएनआरएस) भनेको राउटिङ सेक्युरिटीसम्बन्धी परामर्श दिनको लागि इन्टरनेट सोसाइटीले सुरु गरेको ग्लोबल इनिसिएटिभ हो। यसले इन्टरनेट राउटिङमा हुने मस्याको दीर्घकालीन समाधान तथा राउटिङ सेक्युरिटी सम्बन्धी सुरक्षित तरिकाले काम गर्न ठूलो भूमिका खेल्ने कम्पनीले जनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको साइबर सुरक्षा कानुनमा यसलार्य हरेक आईएसपी, एनएसपी, टेलिकोसले अनिवार्य कार्यान्वयन गर्नुपर्ने प्रावधान छ। यसैमा सुबिसुले हस्ताक्षर गरेको हो।

इन्टरनेटजगत्मा हरेक दिन साइबर सुरक्षासम्बन्धी थुप्रै खालका घटना घटिरहेको हुन्छन्। विश्वभर नै राउट चोर्न, चुहावट गर्ने र आईपी ठेगाना स्पुफिङ गर्ने लगायतका समस्या आउने गरेका छन्।

सोही कारण डीडोस अट्याक, ट्राफिक अनुगमन, राजस्व गुमाउने र रेप्युटेसनल ड्यामेजजस्ता समस्या आउने गर्छ। एउटा आईएसपीको राउटिङ समस्याले विश्वकै इन्टरनेटमा समस्या आउने भएकाले त्यसको निराकरणको लागि मान्र्सको ग्लोबल इनिसिएटिभमा हस्ताक्षर गरिएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad