कारोबार


पर्यटन बोर्डका पूर्व सीईओ जोशी अन्तर्राष्ट्रिय टुरिज्म हिरो अवार्डद्वारा सम्मानित

पर्यटन बोर्डका पूर्व सीईओ जोशी अन्तर्राष्ट्रिय टुरिज्म हिरो अवार्डद्वारा सम्मानित

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १५:१,

वर्ल्ड टुरिज्म नेटवर्कद्वारा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा टुरिज्म रिकभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशीलाई अन्तर्राष्ट्रिय टुरिज्म हिरो अवार्डद्वारा सम्मानित गरिएको छ।

पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्द्धनका लागि जोशीले निर्वाह गरेको उल्लेखनीय भूमिका, निरन्तर क्रियाशीलता, सकारात्मक योगदान र कोरना महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानमा देखाएको सक्रियताका लागि सो अवार्ड प्रदान गरिएको हो।

दक्षिण एसियाबाट सो अवार्ड प्राप्त गर्ने प्रथम व्यक्तिका रुपमा जोशी ‘इन्टरनेशनल हल अफ टुरिज्म हिरोज’ को सदस्य समेत पाउने पहिलो नेपाली बनेका छन्।

विश्वभरिबाट नामाङ्कन दर्ता गरिएका पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरुको मूल्याङ्कनका आधारमा उत्कृष्ट, समर्पित एवं उल्लेखनीय योगदान दिँदै क्रियाशील व्यक्तित्वलाई प्रदान गरिने सो अवार्ड पाउने अन्य व्यक्तिहरुमा सेशेल्सका पर्यटनमन्त्री अलेन स्ट अङ्गे, क्विआई ग्रुपकाका निर्देशक विजय पुनुसम्त, अफ्रिकन टुरिज्म बोर्डका अध्यक्ष काथबर्ट एनक्यूब, जिम्बाबेका भूपू पर्यटनमन्त्री डा वाल्टर मेक्सेम्बी, विश्व पर्यटन सङ्गठनका निवर्तमान महासचिव डा तालेब रिफाई, केनियाका पर्यटन सचिव नाजिब बलला र जमैकाका पर्यटनमन्त्री एडमण्ड बार्टलेटजस्ता व्यक्तित्वहरु समावेश छन्।

अर्वाड प्राप्त गरेपछि जोशीले यस अर्वाड प्रदान गर्ने विश्व पर्यटनका दिग्गज व्यक्तित्वहरुलाई धन्यवाद व्यक्त गर्दै यस अवार्डले आफूलाई पर्यटन विकास र पुनरुत्थानका लागि थप सक्रिय हुन प्रेरित गरेको प्रतिक्रिया दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad