राजनीति


ट्रम्पले भनेः अर्को हप्तादेखि नतिजा आउनेछ, मैले जित्नेछु

ट्रम्पले भनेः अर्को हप्तादेखि नतिजा आउनेछ, मैले जित्नेछु

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १४:३८,

यद्यपी अमेरिकी राष्ट्रपति ट्रम्पले भने चुनावी हारलाई अझै स्वीकार गरेका छैनन्।

ट्रम्पले चुनावमा धाँधली भएकाले अदालतमा जाने बताइरहँदा उनले ट्वीटरमा मंगलबार भनेका छन्,‘हामीले चुनावमा ठूलो प्रगति गरिरहेका छौं। आगामी हप्तादेखि परिणामहरु आउन सुरु गर्नेछ। अमेरिकालाई फेरि महान बनाउनेछौं।’

उनले लगत्तै अर्को ट्वीटमा भनेका छन्,‘हामीले जित्नेछौं।’ उनले चुनावमा भएको धाँधलीविरुद्ध अदालतमा जाने बताउँदै आएका छन्। उनको वकिलले पनि आफूहरुसँग विभिन्न राज्यमा भएको धाँधलीको प्रमाण आफूहरुसँग भएको र फैसला अदालतले गर्ने बताएका छन्।

वैधानिक मतलाई मात्र गन्दा चुनाव आफूले जित्ने ट्रम्पको दाबी छ। यसबीचमा ट्रम्पले गरेको यी ट्वीटले ट्रम्पले अदालतमा धाँधलीको विषयलाई उठाउने संकेत गरेको छ।

यसपटक अमेरिकामा कोरोना भाइरसको प्रकोपका कारण नोभेम्बर ३ अगाडि नै हुलाकी मतमार्फत मतदानको सुविधा प्रदान गरिएको थियो।

हुलाकी मतदानमा प्राय सबै स्थानमा आफू पछाडि परेपछि ट्रम्पले हालै आफूलाई हुलाकी मत पहिल्यै अविश्वसनीय हुन्छ भन्ने लागेको बताएका थिए।

डेमोक्रेटिक नेता जो बाइडेनले राष्ट्रपति बन्न आवश्यक इलेक्टोरल कलेज भोट २७० भन्दा बढी नै भोट प्राप्त गरिसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाइएका छन्।

सीएनएनका अनुसार बाइडेनले २७९ इलेक्टोरल भोट पाइसकेका छन्। ट्रम्पले हालसम्म २१४ इलेक्टोरल भोट पाएका छन्।

चुनावी परिणाम सार्वजनिक भइसक्दा बाइडेनले आफूले ३ सयभन्दा बढी इलेक्टोरल भोट प्राप्त गर्ने दाबी गरेका छन्।

बाइडेनलाई विश्वभरका नेताले जितको बधाई दिइरहँदा ट्रम्पले भने आफैंले चुनाव जित्ने बताइरहेका छन्। चुनावमा धाँधली भएको विषय अदालतले फैसला गर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad