कारोबार


प्रधानको उम्मेदवारी घोषणा कार्यक्रममा गोल्छाले भनेः उद्योग महासंघको राजनीतिक क्यान्सर निकाल्नुपर्छ (भिडियो)

प्रधानको उम्मेदवारी घोषणा कार्यक्रममा गोल्छाले भनेः उद्योग महासंघको राजनीतिक क्यान्सर निकाल्नुपर्छ (भिडियो)

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार ९:३६,

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघभित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्ने बताएका छन्।

महासंघलाई पूर्वअध्यक्षहरुले राजनीति गर्ने थलो बनाएको प्रति इङ्गित गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले अव निर्वाचित व्यक्तिहरुले नै महासंघलाई हाँक्ने बताएका हुन्।

महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्याशी किशोर प्रधानले उम्मेदवारी घोषणा गर्न काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै हालका वरिष्ठ उपाध्यक्ष गोल्छाले राजनीतिक क्यान्सरलाई हटाउनैपर्ने बताए।

उनले भने, ‘उद्योग वाणिज्य महासंघमा एउटा क्यान्सर फैलिएको छ– राजनीतिको क्यान्सर। अबको समयमा हामीले त्यो क्यान्सरलाई निकाल्न सक्नुपर्छ। जो निर्वाचित व्यक्तित्वहरु हुनुहुन्छ उनीहरुले नै उद्योग वाणिज्य महासंघ हाँक्न सक्नुपर्छ। अरु कोही व्यक्ति जो निर्वाचित छैनन्, उनीहरुको कुनै चलखेल हामी उद्योग वाणिज्य महासंघमा हुन दिँदैनौँ। किनभने यो सबै विकृति हो भन्ने मलाई लाग्छ।’

 

सबै पूर्वअध्यक्षहरुसँग सल्लाह र सुझाव लिने तर उनीहरुको राजनीतिमा नपर्ने गोल्छाले बताए। निर्वाचित हुनेहरु मात्रै मतदाताप्रति उत्तरदायी हुने भएकाले आफुले नेतृत्वगर्ने समूह अहिलेसम्म भएका राजनीतिक विकृति विसंगति हटाउन सफल हुने विश्वास समेत व्यक्त गरे।

आफुले राजनीति गर्न नभई काम गर्न आएको समूहलाई रोजेको स्पस्ट पार्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले निजी क्षेत्रको सेवा गर्न आफूहरु सक्षम हुने समेत बताए।

उनले महासंघलाई समस्याको समाधान गर्ने निकायको रुपमा मात्रै सीमित नगरेर नेपालको समग्र निजी क्षेत्रको सुदृढीकरणका लागि काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। वरिष्ठ उपाध्यक्ष गोल्छाले आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि प्रत्याशी किशोर प्रधानको समूहलाई साथ दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad