कास्की जिल्लाको पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंक लि. ले आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।
सोमबार गण्डकी प्रदेशका सांसद कृष्णबहादुर थापाले एक समारोहकाबीच प्रभु बैंक लि. मातृशिशु मितेरी हस्पिटल एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे।
मातृशिशु मितेरी हस्पिटलमा सञ्चालित प्रभु बैंक लि. को एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सम्पूर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ।
उपचारको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्नपाउने छन्।
यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् मातृशिशु हस्पिटलको आर्थिक क्रियाकलाप बैंकिङ प्रणाली मार्फत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ।
प्रभु बैंकले २१० वटा शाखा कार्यालय, १९५ वटा एटीएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवा मार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ।
Shares

प्रतिक्रिया