कारोबार


तीन दिनमा दुई दर्जन व्यवसाय कारबाहीमा, केहीलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न निर्देशन

तीन दिनमा दुई दर्जन व्यवसाय कारबाहीमा, केहीलाई स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न निर्देशन

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार ९:१२,

दसैँपछिका तीन दिन सरकारी अनुगमनका क्रममा दुई दर्जन व्यवसायहरु कारबाहीमा परेका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले बुधबारदेखि शुक्रबारसम्म काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सञ्चालित ४५ व्यवसायहरुको अनुगमन गर्दा २२ वटा कारबाहीमा परेका हुन्।

त्यस्तै, केही व्यवसाय कोरोना (कोभिड १९) सम्बन्धी नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ।

विभागको अनुगमन टोलीले बुधबार सात पसल अनुगमन गर्दा तीन वटा कारबाहीमा परेका थिए। उपभोक्ता संरक्षण ऐनअनुसार व्यवसाय सञ्चालन नगरेको पाइएपछि कीर्तिपुरको कीर्तिपुर फलफूल तथा जुस पसललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

त्यस्तै, कीर्तिपुरकै चित्र खत्रीको तयारी कपडा पसललाई एक लाख रुपैयाँ र तारकेश्वरमा रहेको त्रिशूली मिनरल एन्ड वेभरेजलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले उल्लेख गरेको छ।

उक्त दिनको अनुगमनका क्रममा कीर्तिपुरमा रहेको एक मार्ट र योर च्वाइस कलेक्सन स्टोरलाई कोभिड १९ सम्बन्धी नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी व्यवसाय संचालन गर्न निर्देशन दिइएको छ।

बिहीबार अनुगमन टोलीले १७ वटा व्यवसायमा अनुगमन गर्दा ११ वटा फर्म कारबाहीमा परेका छन्। उपभोक्तालाई ठग्ने नियतले विभिन्न क्रियाकलाप गरेको पाइएपछि ती व्यवसायलाई जारिवाना तिराइएको हो।

कारबाहीमा पर्नेमध्ये ललितपुरमा रहेका व्यवसायहरु सोल्टी कोल्ड स्टोर्स, श्री श्वेत बाराह किराना स्टोर, श्री मेल स्टोर, भक्तपुरमा रहेको न्यू म्याक्स स्टोर, नेत्र बहादुर खत्री कपडा पसल, काठमाडौंमा रहेका श्रेष्ठ स्टोर, हारती स्टोर र किसानको पसललाई पाँच हजारको दरले कारबाही गरिएको छ।

त्यस्तै, लुलितपुरको न्यू सानी स्टोरलाई ५० हजार जरिवाना तिराइएको छ।

उक्त दिनको अनुगमनका क्रममा केही पसललाई मूल्य सूची अपडेट गर्न र केहीलाई कोभिड १९ सम्बन्धी सरकारको मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ।

विभागको अनुगमन टोलीले शुक्रबार २१ व्यवसायको अनुगमन गरेको थियो। त्यमध्ये उपभोक्ता अधिकार विपरीत कार्य गरेको भेटिएपछि १० वटा कारबाहीमा परेका छन्।

कारबाहीमा पर्नेमा काठमाडौंको बडिमालिका खाद्य भण्डारलाई ५० हजार रुपैयाँ, मध्यपुर थिमीको तिर्कु जनरल स्टोर २० हजार र सोही ठाउँकै धनुषा एन्ड धनुषा मिठाई भण्डार र प्रतिमा मिनी स्टोरलाई १० हजार रुपैया जरिवाना गरिएको छ।

पुल्चोक कोल्ड स्टोर, राजलक्ष्मी स्टोर, एमबीएस स्टोर, प्रकाश मिनी स्टोर, पदम सु सेन्टरलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

केही पसललाई कोभिड १९ सम्बन्धी सरकारको स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad