नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ।
शनिबार झापा, बाँके, प्युठान र कास्कीमा कोरोना संक्रमणबाट एक/एक जनाको मृत्यु भएको हो।
झापा गौरीगन्ज गाउँपालिका–६ का ७३ वर्षीय वृद्धको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ७ बजे मृत्यु भएको हो।
गत कात्तिक ६ गते सङ्क्रमण पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको वृद्धको उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले बताए। उनी मुटुरोगी थिए।
त्यस्तै दाङको घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुषको शनिबार बिहान ५ बजे बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
श्वासप्रश्वासमा समस्या भएपछि ११ कात्तिकमा शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनको परीक्षण गर्दा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टिबा भएको थियो।
यसैगरी प्युठानको माण्डवी गाउँपालिका –३ दारिमचौरका ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गएराति ११ बजे मृत्यु भएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार पोखरेलले जानकारी र्दि।
निमोनिया रोगबाट ग्रसित उनको वुटवलमा उपचार नभएपछि थप उपचारका लागि चितवन लगिएको थियो।
त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका–९ कि ६३ वर्षीया महिलाको शनिबार बिहान उपचारकै क्रममा निधन भएको छ। ती महिला कात्तिक १३ गते अस्पतालमा भर्ना भएकी थिइन्। उनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममै निधन भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यmले जानकारी दिए।
Shares

प्रतिक्रिया