ad ad

कारोबार


आईसीटी अवार्ड २०२० मा उत्कृष्ट ५ को घोषणा, कात्तिक १२ देखि पब्लिक भोटिङ सुरु

आईसीटी अवार्ड २०२० मा उत्कृष्ट ५ को घोषणा, कात्तिक १२ देखि पब्लिक भोटिङ सुरु

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ७:४५,

सूचना प्रविधि क्षेत्रको अवार्डको रूपमा परिचित आईसीटी अवार्डअन्तर्गत २०२० संस्करणअन्तर्गत ४ विधाका उत्कृष्ट ५ को घोषणा गरिएको छ।

बिहीबार भर्चुअल कार्यक्रममार्फत जुरी र जुरी सल्लाहकारको उपस्थितिमा आयोजकले उत्कृष्ट ५ को घोषणा गरेको हो।

यस वर्ष विभिन्न ११ विधामा आईसीटी अवार्डका लागि अनलाइन नोमिनेशन खुला गरिएको थियो। अन्य विधाहरूमा विभिन्न चरणको छनौट प्रक्रिया जारी रहेको आयोजकले लिभिङ विथ आईसीटीले जनाएको छ।

१४ जनाको जुरी समितिले तेस्रो चरणको छनौट प्रक्रियाबाट स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आईसीटी अवार्ड र राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड २०२० विधाहरूमा उत्कृष्ट ५ को छनौट गरिएको छ।

यी चार विधामा यस वर्ष २ सयभन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको थियो। आईसीटी अवार्ड २०२० मा उत्साहजनक नोमिनेशन छनौटमा प्रतिस्पर्धा पनि उच्च रहेको प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले बताए।

स्टार्टअप आईसीटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप कम्पनीहरूमा बिजहब आइटी सर्भिसेस प्रा.लि, क्रिप्टोजेन नेपाल प्रा.लि, जेनियस सिस्टम प्रा.लि, जिबी हेल्थ प्रा.लि र नेपमेड्स प्रा.लि रहेका छन्। यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ पर्न सफल प्रडक्टहरूमा सिपिएसडिएस, प्mयुजक्लासरूम, जेनियस आईपीटीभी, जिवी र न्यानो नानी रहेका छन्।

यसैगरी इन्नोभेसन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरूमा कोभिड–१९ निमोनिया डिटेक्सन युजिङ डिप लर्निङ एण्ड न्युरल नेटवर्क, गो कोरोना नर्स रोबोट, पाइला इमर्जेन्सी रेसुसिटेटर, सिस्टर राबोट र थर्मोग्राफिक क्यामेरा फर मेजरिङ फिवर रहेका छन। राइजिङ स्टुडेन्ट आईसीटी अवार्ड २०२० अन्तर्गत उत्कृष्ट ५ प्रोजेक्टहरूमा थ्रिडी प्रिन्टिङ विथ रिसाइकल्ड प्लास्टिक, बाला फ्रम वेस्ट टु हेल्थ, सन्चैछौ, स्मार्ट ब्लाइन्ड मेनस्टिक र स्मार्टघर रहेका छन्।

विभिन्न चार विधाहरूमा अवार्डमा प्राप्त नोमिनशेनहरूबाट पहिलो चरणमा सर्टलिस्ट गरिएको थियो । त्यसपश्चात् १४ जना जुरी समितले उत्कृष्ट १२ को छनौट गरेको थियो। उत्कृष्ट १२ ले जुरीसमक्ष भर्चुअल माध्यमबाट प्रिजेन्टेशन तथा स्पिड डेटिङमा भाग लिएका थिए । यस वर्ष भर्चुअल माध्यमबाट स्पिड डेटिङ सञ्चालन गरिएको थियो, जुन नेपालमै सम्भवतः नौलो प्रयोग हो।

यस वर्ष सबै विधाहरूमा राम्रा प्रतिस्पर्धीहरू रहेको र छनौट प्रक्रिया समेत वैज्ञानिक र प्रविधिमैत्री रहेको जुरी संयोजक सुशील पोखरेलले बताए। उत्कृष्ट ५ मा नपरेका प्रतिस्पर्धीहरू पनि उत्तिकै सफल र दाबेदार रहेको उनले बताए।

विभिन्न चार विधाहरूको उत्कृष्ट ५ मा पर्न सफलहरूले अब पब्लिक भोटिङमा सहभागी हुनुपर्नेछ। कार्तिक १२ गते बुधवारदेखि पब्लिक भोटिङ सञ्चालन हुने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए। यस वर्ष एसएमएस, ईमेलसँगै पेमेन्ट पार्टनर ईसेवा मार्फत पनि भोट गर्न सकिनेछ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री गणेश शाहले इन्नोभेसन र स्टार्टअपहरुले नै भोलीको समृद्ध नेपाल बनाउने हुदा सम्मान र प्रवद्धनले इकोसिस्टम विकास हुने बताए।

पाँचौं संस्करणको आइसिटी अवार्ड २०२० मा ११ विधाका लागि अनलाइन आवेदन खुला गरिएको थियो, जसमा ३५० बढीको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जानकारी दिएको छ।

अन्य ७ विधामा उत्कृष्ट ७ हुँदै उत्कृष्ट ३ को छनौट गरेर सर्वोत्कृष्टको छनौट गरिने जुरी समितिले बताएको छ। आईसीटी अवार्ड २०२० को ग्राण्ड फिनाले यस वर्ष डिसेम्बर महिनामा आयोजना गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .