ad ad

कारोबार


राष्ट्र बैंकले मौद्रिक नीतिमा अटो व्यवसायीको माग पूरै बेवास्ता गर्‍यो : नाडा

राष्ट्र बैंकले मौद्रिक नीतिमा अटो व्यवसायीको माग पूरै बेवास्ता गर्‍यो : नाडा

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १९:१५, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मौद्रिक नीतिमा आफ्ना माग सम्बोधन नभएको बताएका छन्। राष्ट्र बैंकलाई ७ वटा सुझाव प्रस्तुत गरे पनि पूरै बेवास्ता गरेको नाडाले जनाएको हो। 

अटोमोवाइल क्षेत्रमा  आर्थिक सुस्ततासंगै अटो अटोमोवाइल क्षेत्र मैत्री नीतिको अभावले गर्दा सम्पूर्ण क्षेत्र नै संकटमा परिरहदा समग्र अटोमोवाइल बजारमा ६८ प्रतिशतसम्म गिरावट आएको बताएको छ। 

 अटोमोवाइल क्षेत्रले विद्युतीय सवारी साधन मात्र नभई समस्त अटो व्यवसायलाई समेट्दछ जसमा आईस, पार्ट्स, लुब्रिकेन्ट्स र टायर क्षेत्रलाई समेट्न आग्रह गरेको छ। 

‘मौद्रक नीतिले नाडाको कुनै पनि सुझावहरुलाई सम्बोधन गर्न नसकेको मात्र होइन पुरै वेवास्ता गरिएको छ,’ नाडाले भनेको छ,‘यस्तो किसिमको वेवास्ताले एकातर्फ नेपालका सम्पूर्ण अटोमोवाइल व्यवसायीहरुले ऋण भुक्तानी गर्न नसक्ने अवस्था उत्पन्न हुने र सवै व्यवसायीहरु कालोसुचीमा पर्ने देखिएको छ।’

अर्कोतर्फ अटोमोवाइल वर्कशप र शो रुममा बस्ने कर्मचारीहरुले आफनो रोजगारी समेत गुमाउने अवस्था आउने भएकोले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन नाडाले राखेका निम्न सुझावहरुलाई तत्कालै सम्बोधनगरी व्यवसाय मैत्री नीति ल्याउने अपेक्षा राखेका छन्। 

मौद्रिक नीतिमा निर्माण व्यवसायलाई कर्जा सूचना सम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसुचीमा समावेश नगर्ने भनिएको छ । यस्तो नीतिले व्यवसायीहरु अन्योलमा परेको नाडाले जनाएको छ। 

हेवी इकयूपमेण्ट, ट्रक, टिपर, पार्टस लुव्रिकेण्टस, टायर र व्याट्रीहरु जुन उधारोमा दिइएको हुन्छ त्यसैले यसलाई कालोसूचिमा नै राख्ने व्यवस्था गरिनु पर्छ किनकी यस्तो नगरिएमा यी सवै खराव कर्जामा परिणत हुने नाडाले उल्लेख गरेको छ। नाडाले लोन टु भ्यालु रेसियो ५० प्रतिशत बाट ७५ प्रतिशत पु¥याउन माग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .