अमेरिकाको एल्लोस्टोन नेसनल पार्कमा एक ९ वर्षीया बालिकालाई भैँसीले आक्रमण गरेको छ।
उत्तर अमेरिका र युरोपमा पाइने प्रजातीको भैँसीले पार्कमा परिवारसँग घुम्न गएकी बालिकालाई आक्रमण गरेको जनाइएको छ।
भैँसीले बालिकालाई आक्रमण गर्दा उनी माथि पुगेर खसेकी थिइन्। उक्त भिडियो सार्वजनिक भएको छ।
आक्रमणबाट उनी घाइते भएकी छिन्। उनको अहिले अस्पतालमा उपचार भइरहेको छ।
डाक्टरका अनुसार बालिका घातक अवस्थाबाट बच्न सफल भएकी छिन्। पार्कले एक विज्ञप्ती निकालेर मानिसहरुलाई भैँसीको वरपर नजान सचेत गराएको छ।
पार्कमा रहेका भैँसीभन्दा ७० फिट टाढै रहन आग्रह गरिएको छ। मानिसहरुले पार्कको सूचनालाई नमान्दा यस्ता घटना हुने पार्कले बताएको छ।
(भिडियो)


प्रतिक्रिया