सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र बिरगंज महानगरपालिका–१५ मा कार्यालय रहेको द हबि अटो ट्रेडिङ्ग प्रालि, बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।
बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र द हबि ट्रेडिङ्ग प्रालिका तर्फबाट उक्त कम्पनीका अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरे।
आफ्ना ग्राहकवर्गलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधा दिँदै आएको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सम्झौता अनुसार बैंकका ग्राहकहरुले भारतको प्रसिद्ध एस्कार्ट कम्पनीको एक्सट्रिम ब्राण्डका वैकहो लोडर तथा हेभी ईक्यूपमेन्टको आधिकारीक बिक्रेता द हबि ट्रेडिङ् प्रालिबाट नयाँ वैकहो लोडर तथा हेभी ईक्यूपमेन्ट खरिद गर्न चाहेमा खरिद रकमको अधिकतम ७० प्रतिशत सम्म कर्जा सम्बन्धी सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन्।
यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको हाल सञ्चालनमा रहेका ८६ वटै शाखाहरुबाट बैंकका ग्राहकलाई यस किसिमको कर्जा प्रदान गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया