कारोबार


दीगो विकासबारे यस्तो छ पूर्व अर्थमन्त्रीहरुको निष्कर्ष

दीगो विकासबारे यस्तो छ पूर्व अर्थमन्त्रीहरुको निष्कर्ष

नेपालखबर
साउन १०, २०७६ शुक्रबार ९:११,

पूर्व अर्थमन्त्रीहरुले सरकारले दीगो विकास लक्ष्य हासिल हुनेगरी आर्थिक विकास गर्न आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेका छन्।

पूर्व अर्थमन्त्री एवम् समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, कांग्रेस नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महत र नेकपाका नेता एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले दीगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न सरकारले आवश्यक तयारी गर्न नसकेको निष्कर्ष सुनाएका हुन्।

शुक्रबार काठमाडौंमा ‘नेपाल ईकोनोमिक आउट लुक’ सार्वजनिक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सरकारले मुलुकको दीगो आर्थिक विकासका लागि दोहोरो अंकको आर्थिक विकास हुने गरी लगानीको व्यवस्था गर्न समेत आवश्यक तयारी गर्न नसकेको स्पष्ट पारे।

उनले आर्थिक विकासलाई सरकारले मूल एजेन्डा बनाए पनि त्यसका लागि आवश्यक लगानीको वातावरण बनाउन नसकेको दावी पनि गरे। आन्तरिक तथा बाह्य लगानीको व्यवस्था र पूर्वाधार विकासमा जोड दिएर मात्रै नेपालका दीगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास हुन सक्ने पूर्व अर्थमन्त्री भट्टराईको दावी छ।

कांग्रेस नेता एवम् पूर्व अर्थमन्त्री डा. महतले सरकारले दीगो विकास लक्ष्य हासिल हुने गरी मुलुकको आर्थिक विकास गर्न आवश्यक योजना समेत तय गर्न नसकेको बताए। उनले मुलुकको दीगो आर्थिक विकासका लागि संस्थागत क्षमता अभिवृद्धिमा सरकारले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए।

पूर्व अर्थमन्त्री एवम् सत्तारुढ नेकपाका नेता पाण्डेले राजनीति सुधार नभएका कारण मुलुकमा दिगो विकास लक्ष्य हासिल हुनेगरी आर्थिक विकास हुन नसकेको दावी गरे। उनले राजनीतिक, प्रशासनिक र शैक्षिक क्षेत्रको सुधार गरेर मात्रै मुलुकमा दीगो विकास लक्ष्य हासिल हुनेगरी आर्थिक विकास गर्न सकिने पनि स्पष्ट पारे।

पूर्व अर्थमन्त्री पाण्डेले दिगो आर्थिक विकासका लागि धेरै योजना तय गर्ने भन्दा पनि थोरै योजना तय गरेर त्यसलाई सम्पन्न गर्दै अघि बढ्न पनि सरकारलाई सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad