एचएमडी ग्लोबल, होम्स् फर नोकिया फोनले आज नोकिया २.४ सार्वजनिक गरेको छ। नोकिया २ को अर्को जेनेरेशनले नाइट मोड र पोट्रेट मोड सहित एडभान्स इमेज सुविधा ल्याउँदछ, जसले फोटोलाई अर्को स्तरमा पुर्याउन मद्दत गर्दछ।
ठुलो ६.५ इन्च एचडी प्लस स्क्रीनका साथ लामो समयसम्म अधिक तस्वीरहरु हेर्न, सिक्न र सिर्जना गर्न सकिन्छ। यसका लागि दुई दिनसम्म टिक्ने ब्याट्री लाइफलाई आभार, जहाँ आफ्नो लोकप्रिय एप र गेमहरु लामो समयसम्म ब्याट्रीको चिन्ता बिना नै स्वतान्त्र रुपले मज्जा लिन सकिनेछ।
आधुनिक आवश्यकताहरु जस्तै फिंगरप्रिन्ट र फेस अनलकका साथ सहज पहुँच र थप सुरक्षाको लाभ लिन सकिन्छ। यसका साथै नोकिया २.४ एन्ड्रोइड प्रतिज्ञाहरुका साथ आउँदछ जसमा ३ वर्षसम्मको मासिक सक्युरिटी अपडेट र २ वर्ष सम्मको ओएस अपडेट छ जसको अर्थ यो एन्ड्रोइड ११ र १२ का लागि तयार छ।
एआई इमेजिंगबाट फ्यूल्ड विस्तृत नाइट र पोट्रेट शट
कैद गर्न लायकका क्षणहरु दिनको उज्यालोमा मात्र हुँदैनन्। नाइट मोडमा एडभान्स इमेज फ्युजन र एक्पोजर स्ट्याकिंगका साथ नोकिया २.४ले तपाईलाई अध्यारो अवस्थाहरुमा पनि जीवन्त विवरणहरु खिच्न अनुमति दिन्छ। पोट्रेट मोडको कस्टुम आकार र ब्लर ब्याकग्राउन्डका साथ रचनात्मकता बाहिर ल्याउन सकिन्छ। नयाँ पोट्रेट इडिटरका साथ तपाईंले तस्वीरहरु खिचेको लामो समय पछि पनि तत्काल शेयर गर्न योग्य बनाउन र अनुपम शटका लागि रिफोकश र सम्पादन गर्न सकिन्छ।
६.५ इन्चको स्क्रीन
सेल्फी नोचका साथ ठुलो एचडी प्लस डिस्प्लेले स्क्रीनलाई अधिकतम बनाउँछ, जसले आफ्नो लोकप्रिय शो मा डुब्न चाहनेहरुका लागि सुलभ मुल्यमा उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दछ। यसका साथै, नोकिया २ दायराबाट दुई दिनसम्मको ब्याट्री लाइफमा अटल रहदैं, नोकिया २.४ मा ४५०० एमएएच ब्याट्री छ जुन एकपटक चार्ज गर्दा दुई दिनसम्म टिक्छ।
यसका लागि एआई—एसिस्टेड एडाप्टिभ ब्याट्रीलाई आभार जसले गर्दा धेरै समय फोनलाई होइन आफूलाई रिचार्ज गर्नका लागि बिताउन सकिनेछ। यसले हामी कुन एप बढि प्रयोग गर्छौं भन्ने थाहा पाउँछ र यसका लागि पावरलाई प्राथमिकता दिन्छ ताकि आफ्नो मनपर्ने सुविधाहरु धेरै समयसम्म प्रयोग गर्न सकिनेछ।
फिनिश रुटबाट प्रेरित टाइमलेस डिजाइन, टिकाउका लागि निर्मित
नोकिया २.४ ले आधुनिक आवश्यक चीजहरु ल्याउँदछ, जस्तै सुविधाजनक फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलकको साथ तपाईको उपकरणमा छिटो र सजीलो पहुँच गर्न तपाईले आफ्नो फोन कसरी प्रयोग गर्नेछन् भन्नेमा बहुउपयोगिता प्रदान गर्दछ। यसको फिनिश रुटहरूमा अटल रहँदै, नोकिया २.४ टिकाऊ डिजाइनमा आउँछ जुन केवल राम्रो देखिन मात्र नभएर टिकाउका लागि निर्मित छ।
थ्रीडी न्यानो—टेक्स्चर्ड कभर हातमा सुरक्षित रूपले बस्छ र एक आश्चर्यजनक फिनिशका साथ यो नोर्डिक—प्रेरित रंगमा उपलब्ध छ। साथै, पोलीकार्बोनेट शेलको साथ डाइ—कास्ट धातु च्यासिसले फोनमा दृढता मिल्छ र नोकिया फोनबाट अपेक्षा गर्नेे आरामदायक महसुस गराउँदछ।
एन्ड्रोइड ११—का लागि तयार स्मार्टफोन
नोकिया २.४ ले तपाईंलाई एक सुव्यवस्थित ईन्टरफेस र कुनै ब्लोटवेयर बिना एक उत्कृष्ट सफ्टवेयर अनुभव ल्याएर आफ्नो शुद्ध, सुरक्षित र अप—टु—डेट वाचा प्रदान गर्दछ। एन्ड्रोइड वन कार्यक्रमको एक हिस्सा, नोकिया २.४ मा तपाईले तीन बर्षको मासिक सुरक्षा अपडेट र दुई बर्षको सफ्टवेयर अपग्रेडका साथ नयाँ एन्ड्रोइड सुविधाहरू र सुरक्षाको मज्जा सुनिश्चित गर्दछ, ताकि आफ्नो फोनबाट अधिक समयको धेरै पाउन सकिनेछ। साथै, आवाज वा समर्पित बटन द्वारा सक्रिय गुगल एसिस्टेन्टको सहयोगबाट जानकारी पहुँच गर्न अझ सजिलो छ।
मूल्य र उपलब्धता
नोकिया २.४ ग्रे रंगमा २जीबी र्याम र ३२जीबी रोमका साथ आउँदछ। नोकिया २.४ अब नेपाली बजारमा रु.१४ हजार ५९९ मा दराज डट कम डट एनपी र सस्तो डिलमा उपलब्ध हुनेछ।
आधिकारी वितरक
नेपालका लागि नोकिया फोन को आधिकारी वितरक टेलि टक रहेको छ।

प्रतिक्रिया