सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुला शाखाको आज औपचारिक उद्घाटन गरेको छ। महाकाली नगरपालिका वडा न. ४, खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगर प्रमुख हंसराज भट्ट तथा उघोग वाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाले उद्घाटन गरेको बैंकले जनाएको छ।
समाजसेवी तथा वरिष्ठ चार्टर्ड एकाउटेन्ट भाष्कर सिह लालाको अध्यक्षतामा सम्पन्न उक्त क्रार्यक्रममा बिभिन्न सरकारी निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधिहरु, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेखनीय सहभागिता रहेको थियो। हाल यस बैंकको कुल शाखा संख्या ८६ रहेको छ र बैंकको थप ५ शाखा उद्घाटन हुने क्रममा रहेका छन्।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा सुविधाको थालनी गरेको जनाएको छ।

प्रतिक्रिया