बार्सिलोनाले नयाँ सिजनको लागि एथ्लेटिको मड्रिडबाट स्टार एन्टोनी ग्रीजम्यान अनुबन्ध गरिसकेको छ।
यसै महिना बार्साले ग्रीजम्यानको रिलिज क्लब १ सय २० मिलियन युरो तिरेर ग्रीजम्यान अनुबन्ध गरेको जनाएको थियो।
तर बार्साले ग्रीजम्यान किनेको झन्डै महिना दिन पुग्न लाग्दा ला लिगा प्रमुख जाभियर टेबासले ग्रीजम्यानको ट्रान्सफर रद्ध हुनसक्ने बताएका छन्।
जुलाई १ मा रिलिज क्लज २ सय मिलियन युरोबाट १ सय २० मिलियन युरोमा झारिएको समाचार सार्वजनिक भएका थिए।
यतिबेला एथ्लेटिको मड्रिडले ग्रीजम्यानको रिलिज क्लज १ सय २० मिलियन युरोभन्दा बढी भएपनि बार्साले मात्र १ सय २० मिलियन युरो तिरेको भन्दै असन्तुष्टी व्यक्ति गरिरहेको छ।
ला लिगा प्रमुख टेबासका अनुसार ग्रीजम्यानको अनुबन्ध रद्ध गरेर फेरि उनलाई एथ्लेटिको मड्रिडमा फर्काउन सकिन्छ।
‘ग्रीजम्यानको ट्रान्सफर रोक्न सकिन्छ।’ टेबासले भने,‘ला लिगाले यसबारे छलफलपछि निर्णय गर्नेछ।’
जालझेल गरेर बार्साले ग्रीजम्यान अनुबन्ध गरेको एथ्लेटिकोको आरोप रहेको छ। बीबीसी स्पोर्ट्स

प्रतिक्रिया