महालक्ष्मी विकास बैंक लि. ले बैकिङ सेवाको पहुँच देशभर पुर्याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ।
यसै क्रममा बैंकले शुक्रबारदेखि सिराहा जिल्लाको, गोलबजार नगरपालिका–४, गोलबजारमा नयाँ शाखा कार्यालय विस्तार गरी बैकिङ कारोबार सञ्चालनमा ल्याएको छ। उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ।
महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्धि गरि सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा विस्तार गरि १०३ वटा शाखाबाट करिब ५ लाख भन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ।
ग्राहकहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन बैंक सदा प्रयासरत रहेको जनाएकाे छ।
3
Shares

प्रतिक्रिया