हङकङमा नवजात शिशुको शव फोहोर फ्याँक्ने ठाउँमा भेटियो

हङकङमा नवजात शिशुको शव फोहोर फ्याँक्ने ठाउँमा भेटियो

नेपालखबर
असोज ७, २०७७ बुधबार ११:५९,

रबिस बिनमा मृत नवजात शिशु भेटिएपछि प्रहरीले शिशु फ्याँक्ने व्यक्तिको खोजी गरिरहेको एससीएमपीले जनाएको छ।

तिन सुई वाई क्षेत्रमा बुधबार बिहान ४ बजेर ५१ मिनेटमा शिशु भेटिएको बताइएको छ। प्रहरीका अनुसार शिशु छोरी थिइन् साथै भेटिँदा उनको ढुकढुकी थिएन।

हालसम्म यस घटनामा संलग्न कोही पनि व्यक्ति पक्राउ परेका छैनन्।

यसैबीच हङकङमा कोरोना संक्रमितको संख्या ५ हजार ५० पुगेको छ। यहाँ कोरोनाका कारण १०३ जनाको मृत्यु भएको छ।

संक्रमितमध्ये ४७ सय ४९ भने उपचारपछि स्वस्थ बनेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .