धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ। यो सँगै अबदेखि नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इसेवाबाटै भुक्तानी गर्न सकिनेछ।
इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा पोइन्ट मार्फत कर भुक्तानी गर्न सकिनेछ।
इसेवाका एजेन्ट विभाग प्रबन्धक रूपेश न्यौपानेले भने, ‘स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोडिड १९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित बनाउनेछ।’
नगरबासीले दुई तरिकाबाट इसेवा मार्फत भुक्तानी गर्न सकिनेछ। नगरबासीले सुरूमा वडा कार्यालय मार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ। त्यसपछि इसेवाको मोबाइल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ भने धरान नगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवा मार्फंत कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ।
इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो। इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ।
इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।
Shares

प्रतिक्रिया