मंगलबार स्थानीय समयअनुसार बिहान ५ बजे चिउङ सा वानको इगल्स नेस्ट टनेल नजिकै सिङ सा हाइवेमा एक कार कंक्रिट ब्यारिएरमा ठोक्किएको थियो।
सिटबेल्ट नलगाएका कारण कंक्रिट ब्यारिएरमा कार ठोक्किँदा ती कार चालक कारबाट उछिट्टीएको प्रहरीलाई उदृत गर्दै एससीएमपीले जनाएको छ।
उछिट्टीएर सडकमा बज्रिँदा उनी गम्भीर घाइते भएका थिए। अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको बताइएको छ।
उक्त कारमा ३२ वर्षकी महिला पनि सवार थिइन्। उनको घाँटीमा समस्या देखिएको छ। दुर्घटनापछि अचेत उनलाई अस्पतालमा भर्ना गरिएको छ।
प्रतिक्रिया