ad ad

कारोबार


एनएमबी बैंकको वित्तीय क्षेत्रमै पहिलो एनएमबी भिसा कर्पोरेट क्रेडिट

एनएमबी बैंकको वित्तीय क्षेत्रमै पहिलो एनएमबी भिसा कर्पोरेट क्रेडिट

नेपालखबर
असोज ६, २०७७ मंगलबार ९:५,

एनएमबी बैंकले कर्पोरेट क्रेडिट कार्ड जारी गर्न फेरि पहिलो नेपाली बैंकको रुपमा प्राथमिकता तय गरेको छ। बैंकले एनएमबी बैंक भिजा कर्पोरेट क्रेडिट कार्ड प्रस्तुत गरेको छ जुन व्यवसायीक संगठन र कर्पोरेट घरानाहरूको अनुरोधमा जारी गरिनेछ।

यो कार्ड मुख्यतया व्यवसायसँग सम्बन्धित खर्चहरु जस्तै व्यवसाय प्रवद्र्घन, तालिम, ग्राहक संलग्नता, मार्केटिङ र व्यवसायसँग सम्बन्धित अन्य खर्चहरुको ब्यवस्थापन गर्न प्रयोग गर्न सकिन्छ। एक भन्दा बढी क्रेडिट कार्डहरू एउटै संस्थाको व्यक्तिहरुको लागि फरक क्रेडिट सीमाका साथ जारी गर्न सकिन्छ। प्रत्येक संगठनको क्रेडिट सीमा उक्त संगठनको आवश्यकता अनुरुप निर्धारण गरिनेछ।

‘एनएमबी बैंक भिसा कर्पोरेट क्रेडिट कार्ड वित्तीय बजारमा विशुद्घ नयाँ प्रस्तुति हो र हामी विश्वस्त छौं कि यसले हाम्रा ग्राहकहरूलाई कर्पोरेट र व्यवसायिक संगठनहरूमा वहाँहरूको व्यवसायसँग सम्बन्धित खर्चहरू अझ राम्रोसँग व्यवस्थापन गर्न सक्षम गर्नेछ। हाम्रा सेवाहरूमा मूल्य र मान्यता सहित ग्राहकको अनुभव अभिवृद्धि गर्नु हाम्रो मुख्य उद्देश्य हो र हामी आफ्नो ब्रान्ड अनुभव शसक्त बनाउनका लागि अन्वेषण गर्ने क्रममा सदैव तत्पर छौं’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .