कारोबार


उखु किसानले पाउने भए सरकारले तोकेको अनुदान

उखु किसानले पाउने भए सरकारले तोकेको अनुदान

नेपालखबर
असोज ५, २०७७ सोमबार १६:२६,

सरकारले तोकेको उखुको अनुदान रकम किसानले पाउने भएका छन्।

गत वर्षको उत्पादनमा सरकारले दिने भरेर घोषणा गरेको रकम सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाएको हो।

सरकारले उखुको अनुदान प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा तोकेको छ।

कृषि तथा पशुपन्छि मन्त्रालयले अर्थ मन्त्रालय मातहत अनुदान बापतको रकम आज पठाएको हो।

त्यसको लागि जिल्ला भुक्तानी समितिमा आवश्यक कागजपत्र सहित आवेदन दिई किसानले आफ्नै खातामा रकम पाउन सक्ने व्यवस्था गरिएको कृषि मन्त्रालयले जनाएको छ।

सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ तोकेको थियो। जसमा ६५ रुपैयाँ २८ पैसा सरकारी अनुदान र चार सय ७१ रुपैयाँ उद्योगले तिर्नुपर्ने व्यवस्था छ। तर उद्योगीहरुले किसानको पैसा हरेक वर्ष बाँकी राख्ने गरेका छन्।

विगत ४ वर्षदेखिको रकम उद्योगहरुले भुक्तानी नगरेको भन्दै गत वर्ष किसानहरु काठमाडौंमा नै आएर आन्दोलन गरेका थिए।

याे पनि: 
उखु कृषक दर्ताको म्याद असोज मसान्तसम्म थप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad