कारोबार


यस्तो छ सोमबारदेखि खुल्ने आन्तरिक उडानमा नेपाल वायुसेवा निगमको उडान तालिका

यस्तो छ सोमबारदेखि खुल्ने आन्तरिक उडानमा नेपाल वायुसेवा निगमको उडान तालिका

नेपालखबर
असोज ४, २०७७ आइतबार १८:२१,

नेपाल वायुसेवा निगमले आन्तरिक उडान तालिका सार्वजानिक गरेको छ ।

कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको आन्तरिक उडान सोमबार अर्थात् असोज ५ गतेदेखि सञ्चालन गर्ने नेपाल सरकारको निर्णयसँगै निगमले सोमबारदेखि उडान सुचारु गर्ने गरी तालिका तय गरेको हो ।

निगमले काठमाडौं–रुकुम–काठमाडौं, रुकुम–नेपालगञ्ज–रुकुम आईतबार र बिहीबार, नेपालगञ्ज–जुम्ला–नेपालगञ्ज आईतबार, काठमाडौं–भोजपुर–काठमाडौ सोमबार, मंगलबार र शुक्रबार उडान भर्ने भएको छ ।

यसैगरी काठमाडौं–दाङ–काठमाडौं सोमबार, बुधबार र शुक्रबार, काठमाडौं–फाप्लु–काठमाडौ आइतबार र मंगलबार, काठमाडौं–थामखर्क–काठमाडांै बुधबार, नेपालगञ्ज–बाजुरा–नेपालगञ्ज बिहीबार, काठमाडौं–ताप्लेजुङ्ग–काठमाडौं र काठमाडौं–खानीडाँडा–काठमाडौं शनिबार र बुधबार उडान भर्ने जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .