कारोबार


सिद्धार्थ हस्पिटालिटीको सेवा मोबाइलबाटै

सिद्धार्थ हस्पिटालिटीको सेवा मोबाइलबाटै

नेपालखबर
असोज ४, २०७७ आइतबार १३:३५,

हस्पिटालिटी सेवामा झन्डै २५ वर्ष लामो अनुभव बोकेको सिद्धार्थ हस्पिटालिटीले आफ्नो सेवा मोबाइल एपबाट उपलब्ध गराउन सुरु गरेको छ।

सिद्धार्थले काठमाडौंदेखि पश्चिम महेन्द्रनगर र पूर्व बिर्तामोडसम्म देशका विभिन्न २४ स्थानमा शाखा सञ्चालन गर्दै आएको छ। उक्त एप डाउनलोड गर्नका लागि मोबाइलको प्ले स्टोर तथा एप स्टोर मा गई ‘सिद्धार्थ सर्भिस’ टाइप गरी डाउनलोड गर्न सकिनेछ।

एपबाट खानाका विभिन्न परिकार अर्डर गर्नेदेखि होेटलका कोठाहरु बुक गर्न र अनलाइन बाटै संसारभरिबाट बिलको पैसा तिर्न सकिनेछ। विदेशमा बस्नेले नेपालमा रहेका परिवार, आफन्त र साथीहरुलाई विभिन्न अवसरमा यी सेवा प्रयोग गरी विभिन्न उपहारहरु दिन सक्नेछन्। उक्त सेवा प्रयोग गरे वापत खल्ती, इ-सेवा, भिसा र मास्टर कार्डको प्रयोग गरी स्वदेश तथा विदेशबाट भुक्तानी गर्न सकिनेछ।

सिद्धार्थले आफ्ना रेगुलर ग्राहकलाई आफ्नो सदस्यता ‘मेम्बरसिप कार्ड’ उपलब्ध गराउँदै आएको छ। हालसम्म दस हजार बढी ग्राहकले यो सेवा प्रयोग गर्दै आएका छन्। जसलाई ‘सिल्भर, गोल्ड र प्लेटिनम’ गरि ३ प्रकारमा विभाजन गरिएको छ र कम्पनीले विभिन्न समयमा विभिन्न अफर, डिस्काउन्ट प्याकेज र स्किम जस्ता सुविधाहरु साथै आफूले तिरेको रकमबाट बोनस समेत उपलब्ध गराउँदै आएको छ।

उक्त सुबिधा लिन चाहनेका लागि एपबाटै फारम भरी निशुल्क सदस्यता लिन सकिने ब्यबस्था उपलब्ध गराइएको छ। सदस्य नभएकाहरुले पनि एपमा ‘कन्टिनियस एय गेस्ट’मा क्लिक गरी सेवा प्रयोग गर्न सकिनेछ। उक्त एपमार्पmत अर्डर गर्दा हाललाई १५ प्रतिशत छुट दिनुको साथ साथै रु. ५००÷( भन्दा माथिको अर्डरमा हरेक शाखा बाट ३ कि. मि सम्म फ्रि डेलिभरीको व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad