लामो प्रतीक्षापछि जनकपुर-जयनगर रेल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदै छ।
भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले बनाएको रेल जनकपुरमा आज बिहान साढे ११ बजे औपचारिक रुपमा रेल विभागलाई हस्तानतर गर्न लागिएको हो।
रेल विभागका अधिकारीहरुको विषेश उपस्थिति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा रेल हस्तान्तण हुने कार्यक्रम छ।
बिहीबार भारतको जयनगरस्थित आफनै स्टेशनमा आइपुगेको रेल बिहान साढे ११ बजे जनकपुर आइपुग्ने र हस्तान्तरण हुने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी भट्टराईले नेपालखबरलाई जानकारी दिए।
जनकपुर–जयनगर रुटमा चलाउन नेपाल सरकारले भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसनसँग दुईसेट रेल भ्याटसहित झण्डै १ अर्बमा खरिद गरेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए।
रेल संचालनका लागि रेल विभागले कर्मचारी भर्ना आह्वान गरेको छ।
याे पनि जनकपुर–जयनगर रेल आफ्नै स्टेशन आइपुग्यो, भोलि जनकपुरमा हस्तान्तरण

प्रतिक्रिया