राजनीति


नेपालले कालापानी-लिपुलेकसम्बन्धी पाठ्यक्रम बनाएपछि भारतमा हल्लीखल्ली

नेपालले कालापानी-लिपुलेकसम्बन्धी पाठ्यक्रम बनाएपछि भारतमा हल्लीखल्ली

नेपालखबर
असोज २, २०७७ शुक्रबार ३:५८,

कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको देशको भूभाग र सीमासम्बन्धी विषय नेपाल सरकारले विद्यालय तहको पाठ्यक्रममा समेटेपछि भारतमा हल्लीखल्ली मच्चिएको छ।

त्यहाँका अखबारले यस विषयलाई पहिलो पृष्ठमा प्रमुख खबर बनाएर प्रकाशन गरेका हुन्।

नयाँ राजनीतिक नक्सा जारी गरेको ३ महिनापछि नेपालको किताबमा ‘अब उत्तराखण्डको पिथौरागढलाई नेपालले आफ्नो भूभाग भनेको’ छ भनेर टाइम्स अफ इन्डियाले प्रमुख खबर छापेको छ।

खबरमा ‘नेपाली शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कार्यालयले यो कुराको पुष्टि गरेको’ उल्लेख छ। साथै यो किताबको प्रस्तावना शिक्षामन्त्री पोखरेल आफैंले लेखेको पनि भनिएको छ।

युवा पुस्तालाई राष्ट्रको सीमा तथा भूमिबारे सही जानकारी दिन भनेर पाठ्यक्रम विकास केन्द्रले ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामाग्री’ तयार पारेको हो।

कक्षा ९ देखि १२ सम्म अध्ययन गराइने यो किताबमा भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे तथ्य प्रमाणसहित पाठ्यवस्तु समावेश गरिएको छ।

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले अनलाइन पत्रकार सम्मेलन गरी पुस्तक सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad