कामना सेवा विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका–१९ स्थित पुरन्चौरमा आफ्नो ९७औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले सोमबार उक्त शाखाको कारोबार शुभारम्भ गरे। कारोबार शुभारम्भ समारोहमा बैंकका सञ्चालकहरु चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज वास्तोला लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।
बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया