स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका –६, दरौ–थाप्लेमा निर्माणाधीन बुद्ध मुर्तिका लागि बेलायतमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन्।
जुनकिरी च्यारिटी ग्रुपका सदस्य, समाजसेवी पार्वती गुरुङको पहलमा संकलित ३० लाख रुपैयाँ सोमबार पोखरामा आयोजित एक कार्यक्रममाबीच निर्माण समितिलाई प्रदान गरिएको हो।
दरौ–थाप्ले बुद्ध मूर्ति निर्माण समितिका संयोजक विश्व गुरुङ, संयोजक सदस्य एवम् दरौ थाप्ले लेक भ्यु टावर एण्ड रिसोर्टका अध्यक्ष बलराम गुरुङ तथा निर्माण समितिका कोषाध्यक्ष साबित्री गुरुङलाई पार्वती गुरुङका प्रतिनिधी बिष्णु गुरुङ र जमुना गुरुङले उक्त रकम हस्तान्तरण गरे।
बुद्धको मूर्तिले दरौँ सिरुबारीको धार्मिक पर्यटनमा समेत प्रर्वद्धन गर्ने विश्वास गरिएको छ। त्यहाँ ५५ फिट अग्लो बुद्धको मूर्ति बन्दैछ। आगामी पूर्णिमामा सक्ने लक्ष्य राखिएको मूर्ति बनाउन एक करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
सोपाल तमु समाज युकेबाट २८ लाख २६ हजार ४ सय ४४ रुपैया, समाजसेवी पार्बती गुरुङ, माया गुरुङ, बत्ती गुरुङ, तथा रमिला गुरुङ आबद्ध भएको जुनकिरी च्यारिटी गु्रप युकेबाट ८५ हजार ३ सय ५७ रुपैया र अन्य ब्यक्तिहरुबाट ८८ हजार २ सय रुपैयाँ संकलन भएको हो।
प्रतिक्रिया