ad ad

कारोबार


ग्लोकल टिन हिरो नेपाल भर्चुअली आयोजना गरिँदै

ग्लोकल टिन हिरो नेपाल भर्चुअली आयोजना गरिँदै

नेपालखबर
भदौ १६, २०७७ मंगलबार १०:६,

ग्लोकल टीन हीरो नेपाल, २०२० को आवेदन आज (भदौ १६) देखि खुलेको घोषणा गरिएको छ। 

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो। यस मन्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने छ।

यस वर्ष ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा डिसेम्बर १२, २०२० मा हुने अनलाइन अवार्ड महोत्सब र सम्मेलन मार्फत घोषणा गरिनेछ।

वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मञ्च हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ। यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको आयोकले जनाएका छन्।

यतिमात्र नभएर उनीहरुमा उद्यमशील सोच बिकास गर्नु एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्नु पनि यस कार्यक्रमको लक्ष्य हो। ग्लोकल टिन हिरो लाई दक्षिण एसियाली राष्ट्रबिच प्रचार गने लक्ष्य लिइएको जनाइएको छ।

नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो। हालसम्म नेपालका ५ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डियाबाट एकजना सम्मनित भएका छन्। साथै २० अण्डर २० छनोट गरेर हालसम्म ७५ जनालाई सम्मानित गरिएको छ।

डिसेम्बर १२ मा ग्लोकल टिन हिरोे नेपाल अन्लाईन आयोजना गरिने भएको छ। शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिनेछ।

ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ। आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा सम्पूर्ण अन्लाईननै सन्चालन हुनेछ।

ग्लोकल प्रा ली का संस्थापक आशिष ठाकुर भन्छन्, ‘महामारीको बीचमा, यस वर्षको ग्लोकल टीन हीरो कार्यक्रम डिजिटल भइरहेको छ। कार्यक्रमको गति राख्दै र डिजिटल प्रबिधी को उपयोग सगै किशोर किशोरिहरुको प्रतिभा प्रस्फुट्न एवम उनिहरुको उपलब्धिहरू पहिचान गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यहरु लगायत बिभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले याे लिंक मार्फत आवेदन भर्न सक्ने छन्।

पहिलो चरणमा कुल आवेदनहरुलाई अन्तरर्वार्ता र दस्ताबेज समिक्षाको आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिने छ। त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्क्रिस्थ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्वार्ता हुनेछ र २०२० को बिजेता घोषणा गरिने छ।

अन्तिम स्क्रीनिंग र साक्षात्कार अनलाइन मार्फत हुनेछ र निर्णायक टोलीमा अब्दुल्ला टुन्सर केइसी (टर्कीस एयरलाइन्सका महाप्रबन्धक), उज्ज्वल श्रेष्ठ (पञ्चकन्या समूहका कार्यकारी निर्देशक), रितु एस वैद्य (प्रबन्ध निर्देशक, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.), राहुल चौधरी (चौधरी समूहका कार्यकारी निर्देशक) र अनिल चित्रकार (सिद्धार्थ इंकका अध्यक्ष) रहनेछन्।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन बिभिन्न सँगसंस्थाहरु साझेदारका रुपमा जोडिएका छन्। ग्लोकल प्रा लि ले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास र युरोपेली संघ, पहल साझेदारको रूपमा सोल्टी क्राउन प्लाजा, भ्यलुयबल पार्टनरका रुपमा कोका कोला, होन्डा, टोयोटा, पंचकन्या, डोल्मा, डिश होम, फाइबरनेट र डब्ल्यूडब्ल्यूएफ नेपाल, आतिथ्य पार्टनरः कोजी होम बीएन्डबी, एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, एजुकेशन पार्टनरमा किंग्स कलेज, चेल्सी र विद्या संस्कार, पीआर पार्टनर भी–चित्र र समर्थकमाः वर्लड लिंक, ईसेवा, डिश होमगो, युवा, नेपाल युवा परिषद, एयोन, क्विक्स, भिउ योर च्वाइस, जेनेसिस क्लाउड एकेडेमी, युथ क्यान रहनेछन्।

ग्लोकल अन्तर्राष्ट्रिय टिन सम्मेलन घोषणा
ग्लोकलले सेप्टेम्बर १ कै दिन ग्लोकल अन्तर्राष्ट्रिय टिन सम्मेलनको पनि घोषणा गरेको छ। राष्ट्रिय विकासका बाधाहरु र संसारका विविन्न मुद्दाहरुलाई बुझ्न किशोरकिशोरीहरुको लागि यो एक मौकाको रुपमा आयोजना गर्न लागिएको हो। यस सम्मेलनमा राष्ट्रिय तथा अन्तर्रास्ट्रिय किशोरकिशोरीहरुको अनलाइन उपस्थिती रहनेछ।

यसवर्षको सम्मेलन ग्लोकलको चौथो संस्करण हुनेछ र देश तथा विदेशका किशोर किशोरिहरुको एकै मन्चमा उपस्थित हुनेछन। उक्त सम्मेलनमा किशोरकिशोरीको अनुभव, विचार छलफल तथा ३ छुट्टा छुट्टै विषय उद्यमशीलता, शसक्तिकरण तथा सामाजिक दृष्टिकोणमा प्यानल छलफल गरिनेछ। उक्त कार्यक्रम पनि अन्लाईन नै सन्चालन गरिनेछ र यस कार्यक्रमको आवेदन खोलिएको घोषणा पनि पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको थियो।

अनलइन आवेदन याे लिंक मार्फत निशुल्क भर्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .