ad ad

कला


सुशान्त सिंह आत्महत्या प्रकरणमा अर्को ट्वीस्ट, रियाको च्याटले खुलायो बलिउडमा लागुऔषध विकृति

सुशान्त सिंह आत्महत्या प्रकरणमा अर्को ट्वीस्ट, रियाको च्याटले खुलायो बलिउडमा लागुऔषध विकृति

नेपालखबर
भदौ १६, २०७७ मंगलबार १०:८,

यस प्रकरणले बलिउडको वास्तविकता केही हदसम्म उजागर गर्ने प्रयास गरेको छ। बलिउडमा ब्याप्त नातावाद र क्रिपावादका कारण सुशान्तले चलचित्रमा काम गर्न नपाएको बताइन्छ।

उनले हस्ताक्षर गरेको चलचित्र पनि खोसिन थालेपछि उनी डिप्रेसनमा गएको आशंका गरिएको छ।

सुशान्तको आत्महत्यापछि कंगना रणावत, विवेक ओबरोय, अभिनव कश्यपजस्ता बलिउडकर्मीले बलिउडमा नातावाद र क्रिपावाद साथै केही सिमित व्यक्तिको सिन्डिकेट चेल्ने भन्दै त्यस्ता कार्यको विरोध गरेका छन्।

सुशान्तको आत्महत्याको कारण उनकै प्रेमिका रिया चक्रवर्ती भएको सुशान्तका पिता के.के सिंहले आरोप लगाएपछि यस घटनामा केन्द्रिय अनुसन्धान ब्युरो सिआइबीले नै अनुसन्धान गरिरहेको छ।

रियासँग अनुसन्धान गर्ने क्रममा बलिउडमा लागुऔषध विकृति पनि ब्याप्त भएको पत्ता लागेको छ।

रियाले भारतीय संचारमाध्यमसँग सुशान्तले ड्रग्स लिने गरेको बताएकी थिइन्। यसबीचमा रियाले स्यामुल मिरिन्डा, जया शाह र गौरव आर्यासँग वाट्सएपमा गरेको च्याट अनुसन्धान गर्दा बलिउडमा ड्रग्सको धन्दा हुने गरेको प्रहरीले थाहा पाएका छन्।

हाल लागुऔषधविरुद्धको संस्था नार्कोटिक्स कन्ट्रोल ब्युरोले रियाविरुद्ध आपराधिक मामिलामा मुद्दा हालेको छ।

रियाले पनि लागुऔषध लिने गरेको र बलिउडमा फारोख सिख र बकुल चन्डालिया नाम गरेका दुई व्यक्तिले ड्रग्सको धन्दा चलाउने गरेको अनुसन्धानमा पत्ता लागेको छ।

यसबीचमा भारतका संचारमाध्यमले बलिउडमा लागुऔषधबारे विभिन्न रिपोर्टहरु तयार पारेका छन्।

जहाँ हरेक बलिउडकर्मीले लागुऔषधको प्रयोग गर्ने खुलेको छ। लागुऔषध बिना कलाकारले सुटिङ गर्न नसक्ने बलिउडकर्मीसँग काम गरेका प्राविधिकहरु बताउँछन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .