कारोबार


सोह्रश्राद्ध नजिकिँदै गर्दा घर पार्लरले सुरु गर्‍यो अनलाइन पण्डित सेवा

सोह्रश्राद्ध नजिकिँदै गर्दा घर पार्लरले सुरु गर्‍यो अनलाइन पण्डित सेवा

नेपालखबर
भदौ १५, २०७७ सोमबार १०:२७,

कोभिड १९ को समयमा अनलाइनबाटै स्रोह श्राद्ध गर्न पाइने भएको छ। घर पार्लरले अनलाइनबाटै सोह्र श्राद्ध विशेष अनलाइन पण्डित सेवा सुरु गरेको हो।

कोरोना महामारीका कारण सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकतालाई ध्यान दिँदै कम्पनीले अनलाइन पण्डित सेवा सुरु गरेको जानकारी दिएको छ। कम्पनीले गुगल मिट, जुमलगायतका भिडियोमार्फत अनलाइन सेवा दिने भएको हो।

‘हामीले यसअघि पनि घर पण्डित सेवा दिइरहेका थियौँ’, कम्पनीका सहसंस्थापक तथा सीईओ नेपाली सुमनले नेपालखबरसँग भने, ‘पहिला पण्डित घरमा गएर सेवा दिनुहुन्थ्यो भने अब भर्चुअल वा भिडिओका माध्ययमबाटै सेवा दिनुहुन्छ।’

एक जना पण्डितबाट सुरु गरेको सेवा अहिले विस्तार भएको छ भने घर पार्लरमा अहिले ६ जना पण्डित कम्पनीमा रहेका छन्।

‘भर्चुअलमार्फत सेवा श्राद्ध गर्नेले कम्पनीलाई कुन तिथिमा श्राद्ध गर्ने, कति बेला गर्ने भन्ने जानकारी गराउनुपर्छ’, सुमनले भने, ‘त्यसपछि श्राद्धको अघिल्लो दिन नै हामीले पूजाको लागि के–के आवश्यक पर्छ, उहाँहरुलाई जानकारी दिन्छौँ।’

पुजाको दिन पनि कुन कुन सामग्री तयार भयो भनेर कन्फर्म गरेपछि मात्रै भिडिओमार्फत पितृपूजा सुरु हुने उनको भनाइ छ। उनले भने, ‘पण्डितलाई अक्षता र भोजन गराउन मात्रै पाउनुहुन्न, बाँकी सबै पूजाका सबै विधि हुन्छन्। दुई÷साढे दुई घण्टामा पूजा सकिन्छ।’

जजमानलाई दिने दक्षिणा अनलाइनमार्फत भुक्तानी गर्न सकिने उनले बताए। अनलाइन सेवा लिन चाहनेले घर पार्लरको वेबसाइट, फेसबुक पेज, इन्स्टाग्राम, ट्विटर, लिंक्डइन र फोन ९८०११०६६७७ मार्फत सम्पर्क गरी सेवा लिन सकिन्छ।

सोह्र श्राद्धमा पण्डितको अत्यधिक माग हुने हुँदा थप पण्डितसँग पनि सम्पर्क गरिरहेको उनले बताए।

उनका अनुसार अहिले धेरैजसो अर्डर फोन र फेसबुकबाटै आउन थालेका छन्। तीन दिनसम्म सबै पण्डितहरु बुकिङ भएपछि अहिले कम्पनीलाई नयाँ पण्डित थप्ने चटारो छ।

सामान्य रुपमा महिलाहरुका लागि पार्लरको सुविधा घर–घरमा उपलब्ध गराउने उद्देश्यका साथ सुरु भएको घर पार्लरले अहिले अन्य विविध सेवाहरु उपलब्ध गराएको छ। जसमा घर पण्डित, घर क्लिनिङ, घर प्लम्बिङ र घर बिजुलीजस्ता सेवाहरु रहेका छन्। घर पण्डितअन्तर्गत नै अहिले सोह्र श्राद्ध विशेष अनलाइन सेवा रहेको उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad