कारोबार


कोरोना संकट सामना गर्न एआईआईबीले टर्कीलाई दियो ८ करोड ३३ लाख डलर ऋण सहयोग

कोरोना संकट सामना गर्न एआईआईबीले टर्कीलाई दियो ८ करोड ३३ लाख डलर ऋण सहयोग

नेपालखबर
भदौ १५, २०७७ सोमबार १०:६,

चीनको अग्रसरतामा स्थापित एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) ले टर्कीलाई कोरोना महामारी सामना गर्नका लागि ८ करोड ३३ लाख अमेरिकी डलर ऋण सहयोग गर्ने घोषणा गरेको छ।

सो ऋण परियोजनालाई युरोपियन बैंकले पुर्ननिर्माण र विकासका लागि सहयोग गर्ने जनाएको छ।

त्यसबाट सार्वजनिक अस्पतालको पूर्वाधार र क्षमता विकासमा प्रयोग गर्ने लक्ष्य राखिएको बताइएको एआईआईबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

एआईआईबीले कोरोना महामारीविरुद्ध लड्नका लागि सार्वजनिक तथा नीजि क्षेत्रलाई सघाउने भनी छुट्याएको १३ अर्ब डलरको कोषबाटै सो ऋण उपलब्ध गराइएको हो।

यसअघि पनि एआईआईबीले टर्कीकै दुई विकास बैंकलाई ५० करोड डलर ऋण दिएको थियो। –रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad