ad ad

कारोबार


सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सरकारले जनायो प्रतिबद्धता

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सरकारले जनायो प्रतिबद्धता

नेपालखबर
साउन ६, २०७६ सोमबार ७:४२,

सामाजिक सुरक्षा योजना कार्यान्वयनको विषयले गति लिन नसकिरहेको अवस्थामा अर्थमन्त्री डा. युवराज खतिवडाले त्यसको कार्यान्वयनमा प्रतिबद्ध जनाएका छन्। सोमबार काठमाडौंमा आयोजना गरिएको ‘विश्वव्यापी सामाजिक सुरक्षाको मार्गमा नेपाल’ विषयक कार्यक्रममा  बोल्दै अर्थमन्त्री डा. खतिवडाले सामाजिक सुरक्षालाई संविधानले नै मौलिक हकका रुपमा स्थापित गरेकाले कार्यान्वयन गर्न प्रतिबद्ध रहेको जनाए।

‘गरिब, पछाडि परेका समुदाय र वृद्ध, अशक्त, एकल महिलाहरुलाई सरकारले सामाजिक सुरक्षाअन्तर्गत भत्ताको समेत व्यवस्था गरेको छ’, उनले कार्यक्रममा भने, ‘नेपाली समाजले परम्परागत रूपमै कुनै न कुनै रूपमा सामाजिक सुरक्षालाइ अँगाल्दै आएको हो। अहिले यसलाई आधुनिक स्वरूपमा अंगाल्नु पर्ने अवस्था छ।’ 

artha mantri socialकार्यक्रमका सहभागी

कार्यक्रममा बोल्दै उनले  गुठीहरुलाई नेपालको सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोतको रुपमा व्याख्या गरे।

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई महत्व दिएर नेपाली समाजले विपद् व्यवस्थापनमा पनि उल्लेख्य योगदान दिन सफल हुँदै आएको पनि स्मरण गरे। नेपाली समाजमा ठूलाले सानालाई माया गर्ने र वृद्धवृद्धाहरुलाई सम्मान गर्ने परम्पराले पनि सामाजिक सुरक्षाको क्षेत्रमा थप योगदान पुगेको उनको भनाइ थियो।

panel discussionप्यानल छलफलका सहभागी

अर्थमन्त्रालय र जर्मन सहयोग नियोग (जीआइजेड) को संयुक्त आयोजनामा सोमबार भएको  सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा कल्याणकारी राज्यको अवधारणासँग सम्बन्धित रहेकाले सरकारले यो विषयलाई स्थापित गरेरै छोड्ने बताए।

सरकारले २०७५ मंसिर १२ मा सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको थियो। सो कार्यक्रम कार्यान्वयनमा रोजगारदाता आकर्षित हुन नसक्दा कार्यान्वनको विषय सन्देहमा पर्दै गएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .