शुक्रबार मलेसियाबाट विदेशमा मृत्यु भएका १६ नेपालीको शव स्वदेश ल्याइएको छ। नेपाल एयरलाइन्सको चार्टर्ड उद्धार उडानले यात्रुहरु र उक्त शव ल्याएको हो।
शुक्रबार बिहानै त्रिभुवन विमानस्थलमा आएको नेपाल वायुसेवा निगमको जहाजले २ सय ५६ यात्रुलाई पनि स्वदेश ल्याएको हो।
विमानस्थलका अनुसार लामो समयदेखि अड्किएका नेपालीको शव ल्याइएको हो। साउदी अरेबियाबाट बिहीबार ६ शव ल्याइएको थियो।
त्यस्तै शुक्रबारै मलेसियाबाट फर्किएको हिमालय एयरलाइन्सको जहाजबाट अरु १ सय ५६ यात्रु नेपाल आएका छन् भने कतारको दोहाबाट कतार एयरवेजले ७२ जना नेपालीलाई ल्याएको छ।
अहिले पाँचौँ चरणको उद्धार उडान भइरहेको छ भने भदौ १७ देखि नियमित उडान गर्ने तालिका सार्वजनिक भइसकेको छ।

प्रतिक्रिया