कोरोना भाइरसको संक्रमणबाट बच्न एटीएम बुथमा पनि स्यानिटाइजर र टिस्यूपेर अनिवार्य रुपमा राख्न नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ।
एटीएम बुथमा कार्ड प्रयोग गर्नु अघि र पछि ग्राहकलाई स्यानिटाइजर र टिस्यूपेपर संक्रमणबाट बच्न आवश्यक रहेकोले त्यसको वयवस्था गर्न भनेको हो।
साथै एटीएम बुथको ढोका खुलै राख्न राष्ट्र बैंकले भनेकाे छ। प्रयोग कर्ताहरुलाई पनि पिन नम्बर थिच्दा आफ्नो जिउले छोपेर थिच्न आग्रह गरिएकाे छ।
प्रतिक्रिया