कोरोना संक्रमण र त्यसपछि भएको लकडाउनको कारणले बन्द अवस्थामा रहेका उद्योगहरुले बीमाबापतको रकममा छुट पाउने भएका हुन्। बीमा समितिले आज बीमा कम्पनीहरुलाई निर्देशन जारी गर्दै छुट दिन भनेको हो।
बीमा समिति निर्जीवन बीमा कम्पनीलाई लकडाउनको अवधिमा बन्द भएका उद्योगको बीमा शुल्कमा छुट दिन निर्देशन दिएको छ।
समितिले भनेको छ, ‘सम्पत्ति बीमा निर्देशिका २०७५ को अनुसूची ११ को १६९ बुँदामा बन्द अवस्थाको कलकारखानाको बीमा दरलाई छुट दिनुपर्ने व्यवस्थाअनुसार छुट गर्नु। प्रतिहजार ३ रुपैयाँ रहेकोमा हाल कायम बीमा दरको एक तिहाइ कायम गर्नुपर्नेछ।’
लकडाउनका कारण बन्द अवस्थाको जोखिमको लागि एक तिहाइ तथा जोमिख समूहको बीमा दर ५० प्रतिशत समानुपातिक रुपले छुट गर्ने भन्दै बजेटमा नै व्यवस्था गरिसकेको समितिले उल्लेख गरेको छ।
3
Shares

प्रतिक्रिया