खेल


पीएसजी हारेपछि समर्थकले गरे हुलदंगा र आगजनी, १ सय ४८ व्यक्ति गिरफ्तार

पीएसजी हारेपछि समर्थकले गरे हुलदंगा र आगजनी, १ सय ४८ व्यक्ति गिरफ्तार

नेपालखबर
भदौ ८, २०७७ सोमबार ११:१४,

पीएसजी क्लबको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो। तर पराजित भएपछि उपाधिबाट बन्चित बनेको पीएसजीका खेलाडी निराश बने।

खेलाडीमात्र नभएर पीएसजीलाई समर्थन गर्ने फ्यानहरु पनि निकै आक्रान्त बने।

आइतबार राति पोर्चुगलको लिम्बोनमा जब पीएसजी बायर्नसँग पराजित भयो, त्यसको केहीबेरमै फ्रान्सको पार्स डेस प्रिन्सेसमा जम्मा भएका पीएसजीका समर्थकले हुलदंगा र तोडफोड गरेका थिए।

उनीहरुले कारमा समेत आगजनी गरेका थिए। बीबीसीका अनुसार फाइनल खेल हेर्न त्यहाँ ५ हजार बढी समर्थक जम्मा भएका थिए।

तोडफोड र आगजनी हुन थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो। सो क्रममा १ सय ४८ जना गिरफ्तार भएको बताइएको छ।

आइतबार राति पीएसजी पहिलो उपाधि जित्नबाट बन्चित हुँदा जर्मन टोली बायर्न म्युनिखले छैठौं उपाधि हात पार्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad