कारोबार


ललितपुरको चापागाउँमा प्रभु बैंकको शाखा

ललितपुरको चापागाउँमा प्रभु बैंकको शाखा

नेपालखबर
साउन ५, २०७६ आइतबार १२:४७,

प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको गोदावरी नगरपालिका–१० स्थित चापागाउँमा १८८ औँ शाखा कार्यालय स्थापना गरेको छ।

शाखा कार्यालयको गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरे।

बैंकको चापागाउँ शाखा कार्यालयको उद्घाटन गर्दै नगरप्रमुख महर्जनले प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए। उनले प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको धारणा राखे।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad