राजनीति


सभामुख महराप्रति कांग्रेस नेता विश्वकर्माको आक्रोश

सभामुख महराप्रति कांग्रेस नेता विश्वकर्माको आक्रोश

नेपालखबर
साउन ५, २०७६ आइतबार १२:३७,

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको नियमावलीलाई आत्मासात गर्न नसकेको आरोप लगाएका छन्।

पूर्वमन्त्री समेत रहेका कांग्रेस सांसद विश्वकर्माले सभामुख महरालाई सरकारको लाचार छाँयाको रुपमा पनि चित्रण गरे। आइतबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीलाई आत्मासात नगरेकै कारण सभामुख महराले मुलुकमा वर्षाले विपत्ति ल्याउँदा पनि जनप्रतिनिधिमूलक थलो प्रतिनिधिसभा बैठक स्थगित गरेको भन्दै आपत्ति जनाए।

सांसद विश्वकर्माले सभामुख महराले प्रतिनिधिसभा बैठक खोल्न आफ्नो पार्टीले गरेको आग्रहलाई पनि बेवास्ता गरेको दावी गरे। नियमावली अनुसार संसद सूचारु हुनुपर्नेमा सभामुख महराले आफूखुसी सञ्चालन गरिरहेको पनि सांसद विश्वकर्माको दावी छ।

कांग्रेस सांसद विश्वकर्माले नियमावली अनुसार नै अघि बढेकाले राष्ट्रिय सभा बैठक भने स्थगित नभएको पनि स्मरण गराए। उनले राष्ट्रिय विपत्तिका बेला पनि प्रतिनिधिसभा बैठक आगामी श्रावण ८ गतेसम्म स्थगित हुनु दूर्भाग्य भएको टिप्पणी पनि गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad