कृषि तथा पशुपन्छि विकास मन्त्रालयले अबकाे एक हप्तामा नेपालमा रासायनिक मल भित्रिने जनाएको छ।
सोमबार एक अपिल प्रकाशित गरी मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आयात हुने ३२ हजार १९० मेट्रिक टन युरिा मल कलकत्ता बन्दरगाहबाट नेपालतर्फ ढुवानी सुरु भएको स्पष्ट पारेको हो।
त्यसपछि लगत्तै कृषि सामग्री कम्पनी मार्फत आयात हुने अर्को लटको युरिया मल आउने क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ।
यसरी अब क्रमसः मलको आयात, आपुर्ति र वितरण सहज हुने पनि मन्त्रालयको विश्वास छ।
धान रोपाइँ गरे लगत्तै आवश्यक पर्ने युरिया, डीएपी लगायतका रासायनिक मल अभाव हुँदा किसानहररु चिन्तित बनेका छन्।

प्रतिक्रिया