राजनीति


जापानका प्रधानमन्त्री अस्पताल भर्ना

जापानका प्रधानमन्त्री अस्पताल भर्ना

नेपालखबर
भदौ १, २०७७ सोमबार १५:३२,

जापानका प्रधानमन्त्री सिन्जे आवे अस्पताल भर्ना भएका छन्। 

उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएको प्रधानमन्त्री कार्यालयका अधिकारीलेा जानकारी दिएका छन्।

पूर्वअर्थमन्त्री अकिरा अमारीले एउटा टीभी कार्यक्रममा प्रधानमन्त्रीलाई आरामको आवश्यकता भएको बताएको भोलिपल्ट उनी अस्पताल गएका हुन्।

क्योदो समाचार संस्थाले उनी राजधानी टोकियोस्थित केईओ विश्वविद्यालय अस्पतालमा भर्ना भएकाे जनाएको छ। 

प्रधानमन्त्री आवेलाई तत्काल ख्याल नगरे पछि अरु ठूला समस्या आउन सक्ने उनले चेतावनी दिएका थिए।

तर प्रधानमन्त्री आवेकै कतिपय सहयोगी तथा मन्त्रीपरिषद्का सहयात्रीले उनले राम्रोसँग काम गरिरहेकाले स्वास्थ्यमा समस्या भएजस्तो नभएको उल्लेख गरेका छन्।

‘उहाँले राम्रो काम गरिरहनुभएको छ, त्यसमा कुनै समस्या भएजस्तो लाग्दैन,’ सरकारको मन्त्रिपरिषद्का मुख्य सचिव योसिहिड सुगाले भने। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad