कारोबार


रियलमीद्वारा चार नयाँ एआईओटी डिभाइस सार्वजनिक

रियलमीद्वारा चार नयाँ एआईओटी डिभाइस सार्वजनिक

नेपालखबर
भदौ १, २०७७ सोमबार १४:११,

रियलमी, विश्वकै तीव्र वृद्धि भइरहेको स्मार्टफोन ब्राण्डले नेपाली बजारमा आफ्नो नयाँ एआईओटी उत्पादनहरु सार्वजनिक गरेको छ। चार नयाँ उपकरणहरुमा रियलमी स्मार्टब्यान्ड, रियलमी बड्स एयर, रियलमी बड्स एयर नियो र रियलमी स्मार्टघडी रहेको छ। सबै उपकरणहरु हाम्रा सबै ९५० भन्दा बढि अफलाइन रिटेलर र दराज डट कम डट एनपी मा उपलब्ध हुनेछ।

रियलमी स्मार्टघडी
रियलमीको पहिलो स्मार्टघडीमा कोर्निंग गोरिल्ला ग्लास प्रोटेक्सन सहित ३.५ सीएम कलर टच डिस्प्ले छ। रियलमी घडीले ३८० निट्स ब्राइटनेस सहित १० लेबलको ब्राइटनेस प्रदान गर्दछ। डिस्प्ले स्पष्ट कलर र उत्कृष्ट तस्वीर गुणस्तर उत्पादन गर्न सक्षम छ जसले यसलाई यो मुल्य दायरामा उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्ने स्मार्ट घडी बनाउँछ।

यसको शानदार डिस्प्ले बाहेक, स्मार्टघडीमा सही हर्ट रेटको जानकारी र ब्लड अक्सिजन निगरानीका लागि ‘जीओओडी आईएक्स पीपीजी’ हर्ट रेट सेन्सरका साथ आउँछ। प्रयोगकर्ताहरुले स्मार्ट नोटिफिकेशन विशेषता, प्रत्येक व्यक्तिको शैली अनुसार सुहाउने दर्जनौं वाच फेस, आईओटी स्मार्ट कनेक्ट र १४ विभिन्न स्पोट मोडलका साथ आईपी६८ वाटर रेसिस्टेन्टको मज्जा लिन सक्दछन्।

रियलमी स्मार्टब्यान्ड
ब्यान्ड सुन्दर ढंगले ठुलो २.४ सीएम स्क्रिनमा डिजाइन गरिएको छ जससंग ६५००० कलरहरु उत्पादन गर्ने क्षमता छ। भर्चुअल बटनका साथ प्रयोगकर्ताले आफ्नो सुविधाका लागि स्मार्टफोन बिना नै इन्टरफेस मार्फत स्क्रोल गर्न सक्छन्, पृष्ठहरु परिवर्तन गर्न र अन्य सामान्य अन्तरक्रियात्मक फंशनहरु प्रयोग गर्न सक्छन्।

रियलमी ब्यान्डमा २४ घण्टा हर्ट रेट सेन्सर, स्मार्ट नोटिफिकेशन, वाच फेसहरुको छनौट, क्रिकेट सहित ९ विभिन्न स्पोर्ट मोड र ‘आईपी ६८’ वाटर रेसिस्टेन्ट जस्ता विशेषताहरु छन्। यसमा डाटा ट्रान्समिसन सहित यूएसबी प्रत्यक्ष चार्जिङ छ जसमा चार्जिङ वा डाटा केबल बोकी राख्नु आवश्यक पर्दैन।

रियलमी बड्स एयर नियो
बड्स एयर नियोले करिब १७ घण्टाको उत्कृष्ट ब्याट्री लाइफ र उत्कृष्ट ध्वनी गुणस्तर सहित वास्तविक वायरलेस म्युजिक सुन्न अनुभव प्रदान गर्दछ। यसमा १३ एमएम ठुलो ड्रइभर र एडभान्स एलसीपी मल्टीलेयर कम्पोजिट डाएफार्म छ जसले ब्राइट ट्रिबल र हार्नेश बिना राम्रो बास प्रजनन सुनिश्चित गर्दछ।

रियलमीको एक्सक्लुसिभ कस्टम आर१ चिपले वायरलेस कनेक्टिभिजी अनुभवलाई नयाँ स्तरमा पुर्याएको छ। बड्स एयर नियो गेमिङ मोडको साथ सुसज्जित छ जसले ५१ प्रतिशत ढिलाइलाई ११९.३ एमएस मा कम गर्दछ। यी बड्सहरु पानीबाट अतिरिक्त सुरक्षाका लागि आईपी गुणा४ रेटेड छ।

रियलमी बड्स एयर
र अन्ततः एयर बड्स ती व्यक्तिहरुका लागि हो जो रियलमीको उत्कृष्ट टीडब्लुएस एयर बड्स चहान्छन्। यो शानदार लो लेटेन्सी, उत्कृष्ट अडियो क्वालिटी, उत्तम ब्याट्री लाइफ र रियलमीको एक्सक्लुसिभ कस्टम आर१ चिप बाहेक रियलमी बड्स एयरले वायरलेस चार्जिङ सपोर्ट, वातावरण हल्ला क्यानसीलेसन र स्मार्ट इन—ईयर डिटेक्शन प्रदान गर्दछ।

यी विशेषताहरुले टीडब्लूएस बड्सलाई बजारमा वास्तविक सम्भावयता ल्याउँदै वायरलेस म्युजिक प्रेमीहरुका लागि उत्कृष्ट विकल्पहरु मध्यको एक बनेको छ। यो ब्ल्याक, ह्वाइट र रियलमीको आइकोनिक यल्लो कलर उप्सनमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad