ad ad

कारोबार


कर्मचारीलाई कोरोना देखिएपछि भैरहवाको एसबीआई बैंक सिल

कर्मचारीलाई कोरोना देखिएपछि भैरहवाको एसबीआई बैंक सिल

प्रकाश न्यौपाने
साउन ३०, २०७७ शुक्रबार ११:२,

कर्मचारीलाई कोरोना भाइरस पुष्टि भएपछि रुपन्देहीको सिद्धार्थनगर शाखा कार्यालय रहेको नेपाल एसबीआई बैंक सिल गरिएको छ। शुक्रबार बैंकमा काम गर्ने एक कर्मचारीमा कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि हुनेवित्तिकै बैंक सिल गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा शुक्रबार ती बैंककी कर्मचारीसहित १४ जनामा कोरोना पुष्टि भएको छ। सिद्धार्थननगर नगरपालिका भैरहवाका ७ जना र बुटवल उपमहानगरपालिकाका ७ जना गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको शाहले बताए।

सिद्धार्थनगर वडा नं. ४ का ५ जना, वडा नं. १२ का २ जना र बैंक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, बुटवल देवीनगरका ४ जना, बुटवल १६ का १ जना र वडा नखुलेका अन्य दुई जनामा भाइरस पोजेटिभ देखिएको शाहले बताए। शुक्रबार थपिएका १४ संक्रमितसँगै जिल्लामा कोभिड–१९ संक्रमितको संख्या ४ सय १९ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .