नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ४ जनाको ज्यान गएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोनाका कारण थप चार जनाको मृत्यु भएको पुष्टि गरे।
प्रवक्ता गौतमका अनुसार आज मोरङ र सिरहाका एक/एक जना पुरुष र बारामा २ जान पुरुष गरी चार जनाको मृत्यु भएको हो।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९९ पुगेको छ।
प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा पुरुष ७७ र पहिला २२ जना रहेका छन्। उनका उनुसार सबैभन्दा बढी प्रदेश २ मा ४२ जना रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जना रहेका छन्।
प्रतिक्रिया